
सम्बृद्ध (सावधिक) जीवन बीमा योजना
आर्थिक रुपले सबल र सफल जीवनयापन बचतले मात्र संभव छ । जीवन बीमाले तपाईको सानो सानो बचतलाई भविष्यमा आईपर्ने आर्थिक जोखिम बाट सुरक्षा प्रदान गर्दछ र सम्बृद्ध जीवनको लागि सहयोग गर्दछ । तपाई आफ्नो परिवारको आर्थिक भविष्य प्रति निश्चिन्त रहनुस, प्रभु लाइफ इन्स्योरेन्सले तपाईको आर्थिक भविष्यको सुनिश्चितता सम्बृद्ध जीवन बीमा योजना बाट पुरा गर्दछ ।
सुविधाहरु :
क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमाङ्क र नियमानुसारको आर्जीत बोनस एकमुष्ठ प्रदान गरिनेछ ।
ख) बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क र नियमानुसारको आर्जीत बोनस एकमुष्ठ बीमा लेख अन्र्तगत इच्छाइएको व्यतिलाई प्रदान गरिनेछ ।.
मुख्य सुविधाहरू:
उमेर | |
न्यूनतम प्रवेश उमेर | १६ वर्ष |
अधिकतम प्रवेश उमेर | ६५ वर्ष |
बीमाङ्क | |
न्यूनतम बीमाङ्क | रु २५,००० /- |
अधिकतम बीमाङ्क | जतिपनी |
अवधि | |
न्यूनतम बीमा अवधि | ५ वर्ष |
अधिकतम बीमा अवधि | ५९ वर्ष |
बीमा अवधि समाप्तिमा पुग्ने अधिकतम उमेर | ७० वर्ष |
बीमाशुल्क भुक्तानीमा | |
वार्षिक बीमाशुल्क भुक्तानीमा | २ प्रतिशत छुट |
अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा | १ प्रतिशत छुट |
त्रैमासिक तथा तलब बचत बीमा शुल्क भुक्तानीमा | कुनै छुट तथा थप छैन |
मासिक बीमाशुल्क भुक्तानीमा | ५ प्रतिशत थप |
बीमाङ्क रकमको आधारमा छुट | |
बीमाङ्क रु १००,००० देखि १९९,००० सम्म | रु.१ प्रतिहजार |
बीमाङ्क रु २००,००० देखि माथि | रु.२ प्रतिहजार |
पुरक करार बिमाङ्क को सुबिधा | |
दुर्घटना मृत्यु लाभ(ADB) | अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,००० |
अपाङ्ग असक्त सुबिधा(TPD) | अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,००० |
बिमाशुल्क छुट (PWB) | अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,००० |
जोखिम रक्षावरण योजना(CI) | अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.१०,००,००० |