
जीवन स्पर्श आवधिक जीवन बीमा
आफ्नो संभावित जोखिमवाट बिशुद्ध जोखिम मात्र वहन गर्न यो उपयुक्त बीमा योजना हो। न्यूनतम बीमा शुल्क भुक्तान गरी ठुलो रकमको बीमाङ्क जोखिम समेत वहन हुने हुदा यो बीमा योजना प्रभावकारी हुन्छ ।
प्रमुख विशेषता:
उमेर | |
न्यूनतम प्रवेश उमेर | १६ वर्ष |
अधिकम प्रवेश उमेर | ६५ वर्ष |
अधिकतम बीमा समाप्ति उमेर | ७० वर्ष |
बीमाङ्क | |
न्यूनतम बीमाङ्क | रु. २,५०,००० |
अधितकम बीमाङ्क | जतिपनी |
अवधि | |
न्यूनतम बीमा अवधि | ५ वर्ष |
अधिकतम बीमा अवधि | २५ वर्ष |
बीमा लेखमा प्राप्त हुने अवस्थाहरु :
- बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधीनमा रही बीमाङ्क रकम भुक्तानी दिइनेछ ।
- बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा कुनै पनि रकम भुक्तानी गरिने छैन ।