Child Plan

जीवन उन्नति  (अग्रीम भुक्तानी बाल सावधिक) जीवन बीमा योजना

जीवन उन्नति (अग्रीम भुक्तानी बाल सावधिक) जीवन बीमा योजना

यो बाल बच्चाको अग्रीम भुक्तानी सावधिक बीमा योजना हो । बीमा अवधिभर पटक पटक गरी बच्चा को उमेरको आधारमा बीमाङ्कको निश्चित प्रतिशत रकम भुक्तानी गरिन्छ । जसले अभिभावकलाई बाल बच्चाको शिक्षा दिक्षामा पटकपटक एक मुष्ठ रकम व्यवस्था गर्नु पर्ने झंझट बाट मुक्ति प्रदान गर्दछ । बीमा अवधि समाप्तीमा बाँकी बीमाङ्क र बोनस फेरी एक मुष्ठ भुक्तानी गरिन्छ ।

प्रमुख विशेषता:

उमेर  
न्यूनतम प्रवेश उमेर ३० दिन
अधिकतम प्रवेश उमेर १५ बर्ष
अधिकतम बीमा समाप्ति उमेर २४ बर्ष
बीमाङ्क
न्यूनतम बीमाङ्क रु. ५०,०००
अधिकतम बीमाङ्क रु. ७५,००,०००
अवधि
न्यूनतम बीमा अवधि ९ बर्ष
अधिकतम बीमा अवधि २४ बर्ष
बीमाशुल्क भुक्तानीमा छुट
वार्षिक बीमाशुल्क भुक्तानीमा २ प्रतिशत छुट
अर्ध वार्षिक बीमाशुल्क भुक्तानीमा १ प्रतिशत छुट
त्रैमासिक तथा तलब बचत बीमा शुल्क भुक्तानीमा कुनै छुट तथा थप छैन
 मासिक बीमाशुल्क भुक्तानीमा ५ प्रतिशत थप
बीमाङ्ककोे आधारमा
बीमाङ्क रु. २५०,००० देखि ४,९९,९९९ सम्म रु. १ प्रतिहजार
बीमाङ्क रु. ५,००,००० देखि माथि रु. २ प्रतिहजार
पुरक करार बिमाङ्क को सुबिधा
बिमाशुल्क छुट (PWB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
मासिक आय सुबिधा(MIB) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.५०,००,०००
जोखिम रक्षावरण योजना(CI) अधिकतम बिमाङ्कको बराबर अथवा बढिमा रु.१०,००,०००

सुविधाहरु
निम्न मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधीनमा रही देहाय अनुसार बीमालेखको सुविधा भुक्तानी दिइने छ :

बीमितको उमेर देहाय अनुसार पुगे पछि भुक्तानी गरीने सुविधा (बिमाङ्कको प्रतिशत )
१६ बर्ष पुगे पछि १५ प्रतिशत
१८ बर्ष पुगे पछि २५ प्रतिशत
२१ बर्ष पुगे पछि २५ प्रतिशत
२४ बर्ष पुगे पछि ३५ प्रतिशत तथा आर्जीत बोनस