परिचय

सर्वसाधारणमा जीवन बीमाको पहुँच पुर्याइ देशको अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यले प्रभु समुहबाट संस्थापित यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मिति २०७४/०५/०७ मा बीमा व्यवसायको नियमनकारी निकाय श्री बीमा समितिबाट बीमक दर्ता प्रमाण–पत्र प्राप्त गरेपश्चात मिति २०७४/०८/२८ देखि विधिवत रुपमा आफ्नो व्यवसायिक क्रियाकलाप संचालन गर्दै आइरहेको छ । यस कम्पनीमा संस्थागत १२ तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु १६२ गरी कुल १७४ जना संस्थापक शेयरधनी रहेका छन् । संस्थागत शेयरधनीहरुमा श्री प्रभु बैंक लि., सांग्रिला विकास बैंक लि., ग्रीन डेभलपमेन्ट बैंक लि., प्रभु क्यापिटल लि. तथा प्रभु इन्स्योरेन्स लि. प्रमुख रहेका छन । अधिकृत पुँजी रु. २ अर्ब रहेकोमा संस्थागत शेयरधनीहरुबाट ७० प्रतिशत अर्थात् रु. १ अर्ब ४० करोड र साधारण शेयर बाट रु. ६० करोडको साधारण लगानी भएको छ । बजारमा विद्यमान सबै खालका बीमा योजनाहरु प्रचलनमा ल्याई समाजका सबै वर्गलाई जीवन बीमाको दायरामा ल्याउने नीति अबलम्बन गर्दै कम्पनी अघि बढिरहेको छ ।